सिलगढीको 41 नम्बर वार्डमा आगलागी हुँदा 2 वटा क्वाटर जलेर भष्म, मेयरले भेटे पिडित परिवारलाई

सिलगढी, 28 जनवरी (निसं): सिलगढीको पीसी मित्तल बस स्ट्यान्ड संलग्न इलाकामा गत साँझमा आगलागी हुँदा हडकम्प मच्चियो। उक्त आगलागीमा दुई वटा क्वाटर जलेर भष्म भएको छ। स्थानीय मानिसहरूले बताए अनुसार, क्वार्टरबाट कालो धुवा निस्किरहेको देखियो अनि यसपछि हेर्दा-हेर्दै आगो चारैतिर फैलियो। आगोको लप्टाले क्षेत्रका मानिसहरूलाई आतङ्कित बनायो। आगो लागेको खबर पाउन साथ सिलगढीबाट दुई वटा दमकलको गाडी घटनास्थलमा पुग्यो। यसपछि लगभग 2 घण्टासम्मको लगातार कठिन परिश्रमपछि दमकलको टोलीले आगोलाई नियन्त्रणमा ल्यायो। तर, त्यस समयसम्म दुई वटा क्वाटर पूर्णरूपमा जलेर खाक भइसकेको थियो।
आगलागीमा दुवै परिवारका सबै सर-सामानहरू जलेर खाक भयो। घटनाको जानकारी पाएपछि वार्ड पार्षद सेविका मित्तल घटनास्थलमा पुगेर पीडित परिवारसँग भेट गरिन्।
वार्ड पार्षद सेविका मित्तलले भनिन्, “आगो कसरी लाग्यो भन्ने सटीक कारण थाहा भएको छैन। समयमै स्थानीय साथै दुई वटा दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याइयो। मेयर गौतम देवसँग कुरा गरेर सबै प्रकारको सहयोग गर्नेछु।”
त्यसैगरी, दमकल विभागका अधिकारीले भने, आगो लागेको सूचना प्राप्त भएपछि दमकलको टोली घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो। के कारणले आगो लाग्यो भन्ने जाँचपछि मात्र स्पष्ट हुनेछ।
अर्कोतिर, घटनाको खबर पाएपछि सिलगढी नगर निगमका मेयर गौतम देवले पनि घटनास्थलमा पुगेर घटनाको निरीक्षण गर्नको साथै पिडित परिवारका सदस्यहरूसित भेट गरे। यसको साथै पिडित परिवारलाई तिनले सहयोगको आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes