सिलगढीको एसएफ रोडमा स्ट्रीट फूड लेन बनिने, मेयरले गरे निरीक्षण

सिलगढी (निसं): सिलगढीको एसएफ रोडमा अब स्ट्रीट फूड लेन बनिने भएको छ। राज्य सरकारले सिलगढीको एसएफ रोडमा स्ट्रीट फूड लेनको निर्माण गर्न स्वीकृति दिएको छ। यसपछि सिलगढी नगर निगमका मेयर गौतम दे, डिप्टी मेयर रञ्जन सरकार, नगर कमिश्नर सोनम वाङ्दी भूटिया, मेयर परिषदका सदस्य लगायत अन्य नगर निगम अधिकारीहरूले आज इलाकाको निरीक्षण गरे। उक्त सिलगढीको रोडमा स्ट्रीट फूड लेनको लागि कियोस्क बनाइने बताइएको छ। जहाँ, अलग-अलग प्रकारको स्ट्रीट फूड पाइने छ। मेयरले भने, यसको लागि एसएफ रोडलाई चौड़ादार गरिने छ। यो काम पीडब्ल्यूडी-द्वारा गरिनेछ। यस वाहेक, नगर इलाकामा सौन्दर्यीकरणको काम पनि गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes