सिलगढी, 14 जनवरी (निसं): सिलगढीको महावीरस्थानमा एउटा लुगाको गोदाममा आगो लागेपछि इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारीअनुसार आज महावीरस्थान स्थित मानसिंह बिल्डिङको तेस्रो तलामा एउटा लुगाको गोदाममा आगो लाग्यो। यसपछि तत्कालै घटना बारे दमकल विभागलाई जानकारी दिइयो। खबर प्राप्त हुने बित्तिकै दमकलका चारवटा गाडी घटनास्थलमा आइपुग्यो। यसको साथै सिलगढी पुलिस पनि घटनास्थलमा पुगे। हालसम्म दमकल कर्मीहरू आगो निभाउने काममा जुटेका छन्। यद्यपि, आगो लाग्नको कारण अहिलेसम्म पत्तो लागेको छैन।
