सिलगढीमा डेङ्गुको अधिक प्रकोप, मेयर गौतम देवद्वारा अधिक प्रभावित 5 नम्बर वार्डको निरीक्षण

सिलगढी (निसं): सिलगढीमा हाल डेङ्गु संक्रमितहरूको संख्या दिनहुँ बढेर गइरहेको छ भने डेङ्गुले गर्दा केही मानिसहरूको मृत्यु समेत भइसकेको छ। सिलगढी नगर निगमको केही वार्डहरूमा डेङ्गुको अधिक प्रकोप बढेपछि मानिसहरू चिन्तित बन्न पुगेका छन्। विशेष गरेर सिलगढीको 5 नम्बर वार्डमा हाल सबैभन्दा अधिक संख्यामा मानिसहरू डेङ्गुले संक्रमित हुनको साथै केही मानिसहरूको निधन समेत भइसकेको छ।  यसै कुरालाई ध्यानमा राखेर आज फेरि मेयर गौतम देवले 5 नम्बर वार्डको निरीक्षण गरे। यस अवधि मेयरले बोरो चेयरम्यान, मेयर परिषद, पार्षद, भीसीटी टीमका सदस्यहरूसित चर्चा-परिचर्चा गरे। यसको साथै तिनले वार्डको स्थितिको पनि जायजा लिए। गौतम देवले डेङ्गु संक्रमित बिमारीहरूसित पनि भेटेर कुराकानी गरे।  यस अवसरमा मेयर गौतम देवले भने,  सहरमा डेङ्गु रोकथाम गर्नको लागि हर सम्भव प्रयास गरिँदैछ। यसैगरी, सहर संलग्न क्षेत्रहरूको गाईको गोठहरूमा पनि अधिक मच्छरको प्रकोप बढ़िरहेको छ भने ती गाईका गोठहरू हटाउने बारे अगावै नोटिस जारी गरिसकेको छ। तथापि हालसम्म ती गोईका गोठहरू हटाइएको छैन्। यसबारे मेयर गौतम देवले तिनीहरूलाई फेरि नोटिस पठाउने बताएका छन्।


स्मरण रहोस, सिलगढी नगर निगमले डेङ्गुको रोकथाम अनि यसबाट मानिसहरूलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा हिजो बुध एउटा बैठक बोलाएर विभिन्न विभागका पदाधिकारीगण तथा  नगर पार्षदहरूसित चर्चा-परिचर्चा गरेको थियो। मेयरले अझ भने, रेलवेलाई पनि डेङ्गुको नियन्त्रणबारे चर्चामा निमन्त्रणा गरेको थियो तर रेलवेका अधिकारी आएनन्। सिलगढीमा धेरैवटा रेलवे क्वार्टर छ, जुन अहिले खाली अवस्थामा छ। रेलवेको केही ठाउँहरूमा धेरै झाडीहरू रहेकोले गर्दा त्यसलाई सफा गर्न अति आवश्यक छ। रेलवेलाई सूचना दिएपछि पनि कोही आएन तर फेरि यसबारे रेलवेलाई पत्र पठाउने मेयरले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *