कालचिनीमा सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु  

कालचिनी (निसं):  कालचिनीमा सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतकका नाम दिवान तामाङ हो भने तिनी कालचिनी ब्लकको मंगलाबाड़ी हाटखोला इलाका निवासी थिए। स्थानीय सूत्र अनुसार मंगलवार राति स्कूटीमा सवार भएर गइरहेको समय  पाशाखा रोडमा एउटा ठूलो वाहनले अनियन्त्रित भएर स्कूटीलाई धक्का दिँदा लडेर दिवान तामाङ गम्भीर रूपमा घाइते भए। यसपछि तिनलाई पुलिस अनि स्थानीय मानिसहरूले घाइते अवस्थामा उद्धार गरेर लताबाड़ी अस्पतालमा पुऱ्याए, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। आज शवलाई पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाइएको छ। पुलिसले घटनाको जाँच सुरू गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *