नक्सलबारीमा निःशुल्क नेत्र जाँच शिविर

नक्सलबारी (निसं): नक्सलबारी लायन्स क्लबको तत्वावधानमा तथा नक्सलबारी थानाको सहयोगमा आज नक्सलबारी थाना परिसरमा एउटा निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा मोठ 91 जना मानिसहरूले आँख जाँच गराए, जसमा 21 जनालाई सर्जरीको लागि चिन्हित गरिएको छ। तिनीहरूलाई अपरेशनको लागि सिलगढी लायन्स आई सेन्टरमा पठाइने भएको छ। रोगीहरूलाई दवाईहरू पनि वितरण गरियो। यसको साथै शिविरमा महिलाहरूलाई सेनिटरी नेपकिन पनि वितरण गरियो। यस अवधि लायन्स क्लबका सदस्य नरेन्द्र प्रसाद, देवप्रसाद भौमिक, अनिल साहा, प्रह्लाद विश्वास, श्यामल ज्वारदार आदि उपस्थित थिए। लायन्स क्लबका सचिवले भने, यस शिविरमा साधरण मानिसहरूदेखि लिएर पुलिस कर्मीहरूले पनि आफ्नो आँखाको जाँच गराए। आगामी 23 फरवरीको दिन पुनः नक्सलबारी थानामा आँखा जाँच शिविरको आयोजना गरिने छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *