नशालु ट्याबलेट सहित एकजना युवक पक्राउ

जयगाँउ: भारत-भोटाङ सिमाना जयगाँउ इलाकाबाट पुलिसले अधिक मात्रामा नशालु ट्याबलेट सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवक राजेश सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा पुलिसले गत राति जयगाउँको बउबजार इलाकामा अभियान चलाएर राजेश सरकारलाई 157 पत्ता नशालु ट्याबलेट सहित पक्राउ गरेको हो। आज आरोपीलाई अलिपुरद्वार अदालतमा पेश गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *