पोराझार कावाखाली भूमि रक्षा कमिटीका सदस्यहरूद्वारा सिलगढीमा विरोध प्रदर्शन

सिलगढी: विभिन्न मागलाई लिएर पोराझार कावाखाली भूमि रक्षा कमिटीले सिलगढीको हाशमी चौकमा आज विरोध प्रदर्शन गर्यो।  हाशमी चौकमा प्रदर्शनकारीहरूले हातमा प्ला कार्ड लिएर व्यापक रूपमा विरोध प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार पूर्व वाम राज्य सरकारले फिल्म सिटी निर्माणको लागि गत 2002-मा सिलगढीको पोराझार कावाखाली क्षेत्रका कृषकहरूको जमीन अधिग्रहण गरेको थियो। यसपछि राज्यमा सरकार परिवर्तन भएपछि राज्य सरकारले ती कृषकहरूलाई पुनर्वास गरिने साथै अनिइच्छुक कृषकहरूलाई तिनीहरूको जमीन फिर्ता दिने आश्वासन दिए तापनि हालसम्म सरकारले आफ्नो वचन पूरा नगरेको बताइएको छ। यसको साथै उक्त जमीन निजी संस्था साथै प्रमोटरहरूलाई सुम्पिएको आरोप रहेको छ। यस घटनाको निन्दा गर्दै पोराझारका पीड़ित कृषकहरूले राज्य सरकार विरूद्ध क्षोभ प्रकट गरेका छन्। आज पोराझार कावाखाली भूमि रक्षा कमिटीका सदस्य बासुदेव बसुले बताए अनुसार सिलगढी नगर निगम चुनाउ पछि पनि यदि सामान्य रूपले जमीन फिर्ता नगरे साथै पुनर्वास नगरेको खण्डमा आन्दोलनमा ओर्लिने भएको छ। यसको साथै परियोजनाको काम पनि रोकी दिने तिनले चेतावनी दिएका छन्।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *