फुलबारी ग्राम पञ्चायत 1 नम्बरमा बोर्ड गठन, तृणमूल समर्थकहरूले मनाए खुशीयाली  

सिलगढी (निसं): ग्राम पञ्चायत 1 नम्बर फुलबारीमा आज बोर्ड गठन गरेपछि तृणमूल कार्यकर्ताहरूले खुशीयाली मनाए। यस वर्ष फुलबारी- 1 नम्बर ग्राम पञ्चायतको चुनाउमा तृणमूल कङ्ग्रेसले 30 मध्ये 24 सीटमा जीत हासिल गरेको छ। अर्कोतिर, भाजपाले रहल 6 सीटमा कब्जा गरेको थियो। यसैगरी,  तृणमूलले पञ्चायत समितिको 3 सीटमा पनि जीत हासिल गरेको थियो। आज बुधवार फुलबारी 1 नम्बर ग्राम पञ्चायतमा बहुमत हासिल गरेर तृणमूल कङ्ग्रेसले बोर्ड गठन गरेको छ।  राजगञ्ज ब्लकका युवा अधिकारी तुहिन मुखर्जीले नव निर्वाचित प्रधान  उप-प्रधानलाई शपथ दिलाए। फूलबारी-1 नम्बर ग्राम पञ्चायत प्रधान सुनिता रायलाई र उप-प्रधान आनन्द सिन्हालाई बनाएको छ। यस दिन शपथ ग्रहण गरेपछि तृणमूल कार्यकर्ताहरूले खुशीयाली मनाए। यसको साथै कार्यकर्ताहरूले एक-अर्कासित अङ्गालोमा बाँधिएर, अबीरका रंगहरू लगाई दिनको साथै मिठाईहरू वितरण गर्दै खुशीयाली मनाएको देखियो।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *