बैकुण्ठपुर जंगलमा दौरा ल्याउन गएका महिलाहरूमाथि हात्तीको हमला,  2 जनाको मृत्यु, एकजना घाइते

राजगञ्ज (निसं)। हात्तीको हमलामा 2 जना महिलाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएको छ। उक्त घटना साहुडांगी संलग्न जलडुमूरको हो। मृतक महिलाहरूमा पुसुनी राय (50) र अनिता राय (42) सामेल छन्। जानकारी अनुसार इलाकाको 13 जना महिलाहरू दौरा खोज्नका लागि स्थानीय बैकुण्ठपुर जंगलमा गएका थिए। यस अवधि जंगलमा हात्तीहरूको झुण्ड अघि देखा परेपछि केही महिलाहरू ज्यान बचाउनको लागि त्यहाँबाट भाग्न सफल भए तापनि पुसुनी राय र अनिता रायलाई हात्तीले हमला गऱ्यो। यसको केही समयपछि कुनै प्रकारले अनिता रायलाई उद्धार गरेर तिनको घरमा ल्याइरहेको समय बाटोमा नै तिनको मृत्यु भएको बताइएको छ। तथापि पुसुनी रायलाई महिलाहरूले हात्तीको हमलाबाट बचाउन सकेनन्। घटनाबारे डाबग्राम अनि आमबाड़ी रेञ्जका वनकर्मीहरूलाई सूचित गरेपछि तिनीहरू गत राति घटनास्थलमा पुगेर पुसुनी रायको शव उद्धार गरेर आमबाड़ी आउट पोस्ट पुलिसलाई सुम्पिदिएको छ। पुलिसले शवलाई पोस्टमर्टमको लागि उत्तर बंग मेडिकल कलेजमा पठाइदिनको साथै घटनाको जाँच शुरू गरेको छ।


अर्कोतिर, यसबारे मृतक महिलाको बुहारी मनिबाला रायले भनिन्, हामी गरिब भएकोले ग्यास किनेर खाना पकाउन सक्तैनौ, त्यसैले जंगलबाट दाउरा ल्याएर खाना पिना पकाउँछौ। मेरो सासुको हिज दौरा ल्याउन जंगल जाँदा हात्तीको हमलामा परेर मृत्यु भएको छ। यस्तो स्थितिमा तिनले सरकारीसित सहयोगको मदद गरिदिने गुहार लगाएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *