राज्यभरिमैं सिलगढी जिल्ला अस्पताल प्रथम स्थानमा

सिलगढी (निसं): कायाकल्प योजना तथा परिवेश बान्धव विभागमा राज्यको सबै अस्पताललाई पछि पारेर सिलगढी जिल्ला अस्पतालले प्रथम स्थान हासिल गरेको छ। स्वास्थ्य भवनको तर्फबाट मंगलवार परिणामहरूको सूची घोषणा गरिएको छ। उक्त परिणाम प्रकाशित हुन साथ सिलगढी जिल्ला अस्पतालका अधिकारीहरू खुबै उत्साहित देखा परे। स्वास्थ्य भवन सूत्र अनुसार कायाकल्प योजना अन्तर्गत रोगी सेवा, सुरक्षा, स्वच्छता, बायो मेडिकल वेस्ट, प्रशासनिक गतिविधिहरू सहित मोठ आठ  विभागमा सिलगढी जिल्ला अस्पतालले प्रथम स्थान ओगट्न सफल भएको छ। अस्पतालको कायाकल्प परियोजनामा प्रथम स्थान प्राप्त गरेकोमा 25 लाख अनि परिवेश बान्धव अस्पतालको रूपमा 5 लाख रूपियाँ प्राप्त हुने बताइएको छ। अस्पताल प्रबन्धनले बताए अनुसार अस्पतालको बुनियाँदी ढाँचाको विकास अनि अझ राम्रो रोगी सेवा कार्यहरूको निम्ति उक्त रूपियाँ खर्च गरिने छ। यस सम्बन्धमा सिलगढी जिल्ला अस्पतालका अधीक्षक चन्दन घोषले भने,  हामी यस पुरस्कारको निम्ति धेरै खुशी छौ। यसका श्रेय केवल कर्मचारीहरूलाई जाँदछ। यो अस्पतालले तेस्रोपल्ट सर्वश्रेष्ठ पुरस्कार प्राप्त गरेको छ। पुरस्कार राशिले बिमारीहरूको लागि अझ राम्रो सेवाहरू प्रदान गर्ने योजना रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes