साहुडांगी रामकृष्ण मिशनमा माँ शारदा देवीको 170औ जयन्ती पालन

राजगञ्ज (निसं): साहुडांगी रामकृष्ण मिशनमा माँ शारदा देवीको 170 औं जयन्ती पालन गरियो। आज बिहानदेखि नै विभिन्न स्थानबाट धेरै संख्यामा श्रद्धालुहरू साहुडांगी रामकृष्ण मिशनमा आएका थिए। यस अवसरमा सबैभन्दा पहिला मंगल आरती, वेद पाठ, भजन, होम योग, मातृ संगीत,कीर्तन आदिको आयोजना गरियो। यसपछि उपस्थित भक्तहरूलाई प्रसाद पनि वितरण गरियो। यस अवसरमा स्वामी नरेशानन्द जी महाराजले भने, आज विभिन्न स्थानहरूमा झैं साहुडांगी रामकृष्ण मिशनमा पनि माँ शारदाको जयन्ती मनाइँदैछ। माँ शारदाको लागि विशेष पूजा साथै यज्ञ गरिने छ। यज्ञमा धेरै संख्यामा श्रद्धालुहरू उपस्थित रहेर प्रसाद ग्रहण गर्नेछन्। यसपछि साँझमा आरती तथा भजन-कीर्तनसहित शारदा माताजीको जन्मोत्सव कार्यक्रम समापन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *