सिलगढीमा गर्भवती गृहिणीले सुसाइड नोट लेखेर गरे आत्महत्या, लोग्ने हिरासतमा

सिलगढी (निसं): सिलगढीमा एकजना गर्भवती गृहिणीले सुसाइड नोट लेखेर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना पछि पुलिसले तिनको लोग्नेलाई सोधखोजको लागि हिरासतमा लिएको छ।  यो घटना डाबग्राम-फुलबाड़ी विधानसभा अन्तर्गत पूर्व माझाबाड़ी विधान मोड़ संलग्न इलाकामा घटेको हो। मृतक गृहिणीका नाम मन्दा साहा (33) बताइएको छ। मन्दा साहाको पहिलो लोग्नेको सडक दुर्घटनामा मृत्यु भएपछि केही वर्ष अघि बापी बर्मन नाम गरेका युवकसित विवाह गरेकी थिइन्। तिनको पहिलो पट्टीको लाग्नेको एकजना नानी पनि छ। विवाह भएको केही महिना पछि देखि नै लोग्ने बापी बर्मन र तिनको सासु रेखा बर्मनले रूपियाँ अनि सम्पत्तिको लागि मानसिक साथै शारीरिक रूपले अत्याचार गर्ने गरेको आरोप लगाइएको छ। यसबारे स्थानीय ग्राम पञ्चायत सदस्यको उपस्थितिमा सालिसी सभा समेत भइसकेको बताइएको छ। उक्त सालिसी सभा पछि केही दिनसम्म सबै ठीकठाक रहे तापनि फेरि तिनीमाथि अत्याचार शुरू भएपछि मन्दा गत 15 दिनदेखि आफ्नो पिताको घरमैं बस्दै आइरहेकी थिइन्। यसपछि आज शनिवार घरबाट मन्दाको झुन्डिएको अवस्थामा शव उद्धार गरेको छ। यसको साथै घरबाट एउटा सुसाइट नोट पनि पुलिसले उद्धार गरेको छ। पारिवारिक सूत्र अनुसार मृतक मन्दा तीन महीनाको गर्भवती थिइन्। लोग्ने बापी बर्मनले रूपियाँको लागि मन्दालाई कुटपिट गर्थे। बापीलाई लगभग 12 लाख रूपियाँ दिइसकेको थियो। आशीघर पुलिसले शवलाई उद्धार गरेर पोस्टमर्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल पठाइ दिएको छ। अर्कोतिर, मन्दाको परिवारको तर्फबाट बापी बर्मन विरूद्ध आत्महत्या गर्नको लागि उक्साएको मामिलामा अभियोग दर्ता गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetjojobetJojobetJojobet Built with ❤︎ by appycodes