सिलगढी, 20 मार्च (निसं): सिलगढीमा चर्म, शिल्प मेला र ट्रेड फेयर समितिको तत्वावधानमा रक्तदान शिविरको आयोजना गरियो। बुधवार सिलगढीको कञ्चनजङ्घा स्टेडियममा उक्त रक्तदान शिविरको आयोजना गरिएको थियो। जहाँ मेला समितिका सदस्यहरूसँगै व्यवसायीहरूले पनि रक्तदान गरे। उक्त रक्तदान शिविर एउटा निजी ब्लड ब्याङ्क संस्थाको सहयोगमा आयोजना गरिएको थियो। शिविरमा 55 जनाले स्वेच्छा रक्तदान गरे। मेला समितिका सदस्यहरूले बताए अनुसार, रगतको समस्या समाधान गर्नको लागि नै आज रक्तदान शिविरको आयोजना गरिएको हो।
