सिलगढी नगर निगममा पिउने पानीको समस्याबारे बैठक

सिलगढी (निसं): सिलगढीको विभिन्न वार्डहरूमा हाल पिउने पानीको समस्या भइरहेकोले सहरवासीहरूले असुविधा भोग्न परिरहेका छन्।  पानीको समस्या समाधान गर्नको लागि सिलगढी नगर निगमका मेयर गौतम देव अनि डिप्टी मेयर रञ्जन सरकारले आज मेयर परिषद लगायत सबै विभागका अधिकारीहरूसित नगरनिगममा बैठक गरे। उक्त बैठकमा पिउने पानीको समस्या समाधान बारे महत्वपूर्ण चर्चा गरियो।


बैठकको अन्तमा डिप्टी मेयर रञ्जन सरकारले पत्रकारहरूलाई भने, पिउने पानीको समस्या समाधान गर्नका लागि आज मेयर परिषदहरूसित एउटा बैठक सम्पन्न गरियो। आगामी दिनमा अन्य विभागका अधिकारीहरूसित पनि अझ बैठक गरिने छ। सिलगढी नगर निगममा पानीको संकट समाधान गर्ने प्रयास गरिरहेको छौ। चाँडै सहरका मानिसहरूको पिउने पानीको समस्या समधान गरिने पनि तिनले आश्वासन दिएका छन्।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.