सिलगढी हैदरपाड़ा व्यवसायी समितिका सदस्यहरूलाई निःशुल्क बुस्टर डोज

सिलगढी (निसं): सिलगढी बृहत्तर खुद्रा व्यवसायी समिति अनि सिलगढी नगर निगमको तर्फबाट आज बुधवार वार्ड नम्बर 39 अन्तर्गत हैदरपाड़ा स्पोर्टिंङ क्लबमा एउटा शिविरको आयोजना गरेर व्यवसायीहरूलाई नि:शुल्क कोरोना बुस्टर डोज-को खोप दिइयो। शिविरमा आज मोठ 500 जना मानिसहरूलाई कोरोना बुस्टर डोज लगाइयो। यस अवसरमा सिलगढी हैदरपाड़ा व्यवसायी समितिका सचिव निमाई पालले भने, अब केही दिन पछि नै दुर्गा पूजा शुरू हुनेछ। यसैले गर्दा बुस्टर डोज-को खोपले संक्रमित हुने कम्ति सम्भावना रहने छ। हैदरपाड़ा व्यवसायी समितिका सदस्यहरू वाहेक अन्य मानिसहरूलाई पनि यस शिविरमा बुस्टर डोज दिइयो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *