सिलगढी (निसं): सिलगढी नगर निगमको 15 नम्बर वार्डमा आजदेखि वार्ड उत्सव 'सुचेतना' सांस्कृतिक कार्यक्रमको शुरुआत गरिएको छ। उक्त वार्डमा गत 1 जनवरीदेखि नै वार्ड उत्सव सुचेतनाको शुरुआत भएको थियो। विभिन्न खेल प्रतियोगिताको आयोजना पछि आजदेखि सांस्कृतिक कार्यक्रमको शुरू भएको छ। आज यस सांस्कृतिक कार्यक्रमको उद्घाटन अवधि सिलगढी नगर निगमका मेयर गौतम देव, उप मेयर तथा वार्ड पार्षद रञ्जन सरकार प्रमुख रूपमा उपस्थित थिए। रञ्जन सरकारले दिएको जानकारी अनुसार आजदेखि 15 नम्बर वार्डमा वार्ड सुचेतना सांस्कृतिक कार्यक्रम शुरू भएको छ। यस सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरू वाहेक कलकताबाट आएका केही कलाकारहरूले पनि कार्यक्रमहरू प्रस्तुत गर्नेछन्।