इटलीमा आयोजित वर्ल्ड चिल्ड्रेन क्याडेट एन्ड जुनियर किक् बक्सिङ च्याम्पियनशिपमा काँस्य पदक जित्ने प्रियङ्का रायलाई संवर्द्धना

राजगञ्ज (नि.सं.): इटलीमा आयोजित वर्ल्ड चिल्ड्रेन क्याडेट एन्ड जुनियर किक् बक्सिङ च्याम्पियनशिपमा काँस्य पदक जित्ने प्रियङ्का रायलाई राजगञ्जका विधायक खगेश्वर रायले संवर्द्धना जनाए। आज विधायक खगेश्वर राय, तृणमूल काङ्ग्रेस ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जी र बेलाकोवा पुलिस आउट पोस्टको ओसी बुद्धदेव घोष लगायत विभिन्न प्रतिनिधिहरूले राजगञ्जको प्रियङ्का रायलाई सम्मान जनाए। यसको साथै विधायक खगेश्वर रायले तिनलाई आर्थिक सहायता पनि प्रदान गरे। राजगञ्ज ब्लक अन्तर्गत पानीकौरी ग्राम पञ्चायतको चन्दरबाड़ी गाँउका नौजेन रायकी छोरी प्रियङ्का रायले गत 1 अक्टोबरदेखि 10 अक्टोबरसम्म ईटलीमा सम्पन्न वर्ल्ड चिल्ड्रेन क्याडेट एन्ड जुनियर किक् बक्सिङ च्याम्पियनशिपमा भारतको तर्फबाट प्रतिनिधित्व गरेकी थिइन्। यस प्रतियोगितामा प्रियङ्काले तेस्रो स्थान प्राप्त गरेर काँस्य पदक हत्याएकी थिइन्। तिनको सफलता पछि परिवार साथै स्थानीय मानिसहरू धेरै खुश छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *