ईस्लामपुरमा आग्नेयास्त्रसहित दुईजना पक्राउ

ईस्लामपुर: ईस्लामपुर पुलिसले आग्नेयास्त्रसहित दुईजना कुख्यात बदमाश मुजफ्फर हुसैन र एनामुल हकलाई पक्राउ गरेको छ। तिनीहरूलाई आज इस्लामपुर महकुमा अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा पर्ने यी दुईजना बदमाश ईस्लामपुर गुंजुरियाको 31 नम्बर राष्ट्रीय राजमार्गस्थित छोटोपुल इलाकामा छिनताई गर्ने उद्देश्यले आएका थिए। गोप्य सुइँको पाएर पुलिसले अभियान चलाएपछि यी दुईजना बदमाशलाई पक्राउ गरिएको बताइएको छ। पुलिसले तिनीहरूबाट एउटा देशी पिस्तोल अनि दुई राउण्ड कार्तूस पनि उदेधार गरेको छ।  किया गया है।


Leave a Reply

Your email address will not be published. Required fields are marked *