उत्तरबंग विश्वविद्यालयको होस्टेलमा मेस सर्भिस बन्द, विद्यार्थीहरूद्वारा विरोध प्रदर्शन

सिलगढी (निसं): उत्तरबंग विश्वविद्यालयको रामकृष्ण हल अफ् रेसिडेन्स (होस्टेल)मा आजदेखि विद्यार्थीहरूका निम्ति खानाको लागि मेस सेवा बन्द गरिदिएको छ। मेस सर्भिस बन्द भएपछि विद्यार्थीहरूले बिहानैदेखि विरोध जनाइरहेका छन्। विश्वविद्यालयमा उप-कुलपति लगायत रेजिस्ट्रार, फाइनेन्स अफिसर तथा अन्य पदहरू रिक्त रहेको कारण वित्तीय सङ्कट देखा परेकोले होस्टल प्रबन्धनले मेस बन्द गर्ने निर्णय लिएको बताइएको छ। मेस बन्द भएपछि विद्यार्थीहरूले धेरै असुविधाको सामना गर्न परिरहेको छ। यसैले गर्दा आज बिहानदेखि नै विश्वविद्यालयमा मेस सेवा जारी राख्न पर्ने मागलाई लिएर विद्यार्थीहरूले क्षोभ प्रकट गरेका छन्। आक्रोशित बनेका विद्यार्थीहरूले यदि चाँडै मेस सेवा पुन: शुरू नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *