एनजेपी स्टेशनमा पानी भर्दा करेन्ट लागेर एकजना जवानको मृत्यु, चारजना जवान घाइते

सिलगढी (निसं): एनजेपी स्टेशनमा पानी भर्न गएको समय करेन्ट लागेर सेनाको एकजना जवानको मृत्यु भएको छ। यसको साथै अन्य 4 जना जवान घाइते भएका छन्। मृतक जवानको नाम अनि ठेगाना अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन। प्राप्त जानकारी अनुसार आज बिहान सेनाको एउटा रेक एनजेपी स्टेशनमा आइपुगेपछि सेनाको एकजना जवान पानी भर्नको लागि पानीको ट्याङ्कर माथि चढ्दा ओवरहेड रेलवे लाइनको चपेटमा परेर करेन्ट लाग्यो। यस अवधि नजिकैमा रहेको तिनका अन्य 4 जना साथी सेनाका जवानहरूले तिनलाई बचाउने प्रयास गर्दा तिनीहरूलाई पनि करेन्ट लागेपछि घाइते भएको बताइएको छ। सेनाका एकजना जवानलाई गम्भीर अवस्थामा तत्कालै नजिकैको एनजेपी रेलवे अस्पतालमा लगियो, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदियो। अर्कोतिर, सेनाका घाइते अन्य चारजना जवानहरूलाई बेङ्गडुबी आर्मी अस्पतालमा लगेर भर्ना गरिएको छ। उक्त घटनाको जानकारी पाएपछि एडीआरएम सञ्जय चिलवारवार घटनास्थलमा पुगेका थिए। उक्त घटना एऩजेपीको 5 नम्बर प्लेटफार्म नजिक भएको हो। सेनाका जवानहरू बिन्नागुड़ीबाट राजस्थान तर्फ गइरहेका थिए। स्टेशनमा ट्रेन रोकिएपछि सेनाका जवान रेकको पानीको ट्याङ्करमा चढेर पानी भर्न गएको समयमा उक्त दर्दनाक घटना भएको जान्नमा आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *