एसआईटी क्रिकेट च्यालेन्जर्स कप 29 फरवरीदेखि शुरू

सिलगढ़ी: सिलगढ़ीको एसआईटी क्रिकेट अकादमीको आयोजनामा आगामी 29 फरवरीदेखि एसआईटी च्यालेन्जर्स कप-2020 शुरू हुने भएको छ। आज पत्रकार सम्मेलन गरेर एसआईटी-का निर्देशक डा. प्रदोष कुमारले यसबारे जानकारी दिँदै एसआईटी मैदानमा सम्पन्न हुने उक्त क्रिकेट टुर्नामेन्टमा मोठ 8 वटा टीलीले अंश ग्रहण गर्ने भएको बताए। उक्त क्रिकेट म्याच प्रत्येक दिन 30-30 ओभरको खेल हुनेछ भने आगामी 6 मार्चको दिन फाइनल म्याच खेलाइनेछ। फाइनल खेलमा विजेता टीमलाई नगद राशीसहित आकर्षक ट्रफी प्रदान गरिनेछ। यस अवसरमा स्पोर्टस कमिटीका सदस्यहरूले बताएअनुसार खेलकुदप्रति विद्यार्थीहरूको ध्यान आकर्षित गर्नको लागि कलेजको मैदानमा उक्त क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *