कछुवा तस्कर युवक पक्राउ

कुचबिहार: कुचबिहार ब्लक दुईको बानेश्वर शिव मन्दिर नजिकमा रहेको पोखरीबाट कछुवा तस्करी गरिरहेको समय गत राति एकजना युवकलाई स्थानीय मानिसहरूले पक्रिएर कुटपिट गर्नको साथै तिनलाई पुण्डीबारी थाना पुलिसलाई सुम्पिदिइएको छ। पुलिस सूत्र अनुसार पक्रा परेका युवक वानेश्वर शिखक पल्ली निवासी विजय कुमार मैत्र हुन्। बनेश्वर शिव मन्दिर अवस्थित पोखरीबाट कछुवा चोरी भएको स्थानीय मानिसहरूको धेरैदिन अघिदेखि आरोप रहेको थियो। स्थानीय मानिसहरूले गत राति उक्त युवकलाई पक्राउ गरेपछि तिनको झोलाबाट कछुवा पनि उद्धार गरेको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *