कुचबिहार जिल्ला परिषद सभाधिपतिलाई महिला आवासमा दिएन प्रवेश गर्न  

कुचबिहार (निसं): कुचबिहार जिल्ला परिषदका  सभाधिपति उमाकान्त बर्मनलाई दिदी के दूत कार्यक्रम अवधि कुचबिहार सहिद बन्दना स्मृति महिला सरकारी आवासमा प्रवेश गर्नमा रोक लगायो। उक्त घटनापछि इलाकामा सनसनी फैलियो। प्राप्त जानकारी अनुसार तृणमूल काङ्ग्रेसका नेता एवं कुचबिहार जिल्ला परिषदका सभाधिपति उमाकान्त बर्मन शनिवार कुचबिहारको गुरियाहाटी- 2 ग्राम पञ्चायत नीलकुठीको बाबुरहाट क्षेत्रमा दिदी के दूत कार्यक्रममा गएका थिए। यस अवधि तृणमूल नेता एवं जिल्ला परिषदका कार्यकारी अधिकारी अब्दुल जलील अहमद लगायत अन्य नेता उपस्थित थिए। कुचबिहार जिल्ला परिषदका सभाधिपति उमाकान्त बर्मनले आज बाबुरहाट क्षेत्रमा आंगनबाड़ी केन्द्र सहित इलाकाको स्कूलहरूको पनि परिभ्रमण गरे। यसैक्रममा, सभाधिपति उमाकान्त बर्मनले उक्त इलाकास्थित कुचबिहार सहिद बन्दना स्मृति महिला आवासमा प्रवेश गर्न नदिएको आरोप लगाएका छन्। आधा घन्टाभन्दा अधिक समयसम्म उभिएपछि जब तिनलाई भित्र जाने अनुमति दिइयो तब तिनले आवासमा प्रवेश गरेनन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *