खरसाङको रोहिणी सडकमा दुर्घटना: चार जनाको शव उद्धार

खरसाङ : खरसाङको रोहिणी रोडमा भएको वाहन दुर्घटनामा हालसम्म 4 जना युवकको शव उद्धार गरिएको छ। प्राप्त जानकारी अनुसार गत 15 अगस्त स्वतन्त्रता दिवसको दिन सिलगढीबाट 5 जना युवाहरू पहाड़ घुम्न आएका थिए अनि राति लगभग 9 बजेतिर घर फर्किरहेको समय रोहिणीको कारगिल डाँड़ामा वाहन दुर्घटना भएको थियो। उक्त दुर्घटनाको जानकारी पाएर पुलिसले खोजी अभियान चलाएर हिजो दुईजना युवकको शव उद्धार गरेको थियो भने आज पनि बिहानैदेखि चलाएको खोजी अभियानमा अझ दुईजना युवकको शव उद्धार गरेको छ। हालसम्म 4 जना युवकको शव घटनास्थल परिसरबाट उद्धार गरिसकेको छ भने अझ एकजना युवक निखोज रहेकोले तिनको खोजी अभियान जारी रहेको पुलिस सूत्रले जनाएको छ। प्राप्त जानकारीअनुसार दुर्घटनामा परेर मर्नेहरूमा लगभग 18 देखि 22 वर्ष उमेर रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *