गणतन्त्र दिवसलाई लिएर सिलगढीमा कठोर सुरक्षा व्यवस्था, पुलिसको सबैमाथि विशेष नजर

सिलगढी (निसं): आगामी 26 जनवरी गणतन्त्र दिवसलाई लिएर देशका विभिन्न ठाउँहरू सहित यता सिलगढीमा पनि तयारी भइरहेको छ। यस्तो स्थितिमा सिलगढी मेट्रोपलिटन पुलिसले पनि गणतन्त्र दिवसलाई मद्देनजर राखेर सहरमा सुरक्षा व्यवस्था अझ कठोर गरेको छ। सुरक्षा व्यवस्थालाई लिएर मेट्रोपलिटन पुलिस कमिश्नरको निर्देश अनुसार होटल, बस स्ट्यान्ड, रेलवे स्टेशनहरूमा जाँच गर्नको साथै कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ। पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले पनि आफ्नो उच्च अधिकारीहरूसित सबैमाथि गिद्दे नजर राखिरहेका छन्। पुलिस कर्मीहरूलाई सहर लगायत चप्पा-चप्पामा दिन-रात खटाइएको छ। यसको साथै सहरमा आउने-जाने सबै मानिसहरू अनि वाहनमाथि पुलिसको तेस्रो नेत्र सीसीटीभी क्यामेरा मार्फत पनि नजर राखिरहेको छ। सुरक्षालाई ध्यानमा राखेर स्पेशल नाका साथै बोर्डर इलाकामा पुलिस चेकिङलाई अझ कठोर गरिएको छ। पुलिस वाहेक सादा पोसाकमा गुप्तचार विभाग, डीडी, एसओजी, आईबी, डीआइबी सबैलाई विभागले अलर्ट गरिएको बताइएको छ।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *