सिलगढी (निसं): बिहारमा रम-रक्सी तस्करी गर्ने योजना अगावै सिलगढी प्रधान नगर थाना पुलिसले तिनीहरूको योजनालाई असफल पारिदिएको छ। तस्करी गर्न आगावै गाडीको छतमा बनाएको विशेष चेम्बरबाट पुलिसले धेरै मात्रामा रम-रक्सी उद्धार गर्नको साथै गाडीसहित 4 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्ने तस्करहरू मुकेश कुमार (32), पप्पू सदाह (35), संजीव कुमार पासवान (35) र सुनील साह (26) सामेल छन्। पुलिसले आज चारैजना रक्सी तस्करलाई सिलगढी अदालतमा पेश गऱ्यो।