चिटफण्ड सफर्स एण्ड एजेन्ट युनियनको 29 फरवरीमा सभा 

सिलगढ़ी: उत्तर बङ्गाल चिटफण्ड सफर्स एण्ड एजेन्ट युनियन फोरमको सिलगढ़ी शाखाद्वारा आज एउटा पत्रकार सम्मेलन गरेर चिट फण्ड काण्डलाई लिएर संस्थाले लामो समयदेखि यस काण्डको विरोधमा लड़ाई लड़ेको बताए। यसैको फलस्वरूप चिटफण्डमा पैसा डुबेका मानिसहरूको अहिले विस्तारै रूपियाँ फर्किन थालेको दावी गर्दै धेरैजना मानिसहरूको अझ रूपियाँ पाउनु बाँकी रहेको बताए। यसैले गर्दा यस संस्थाद्वारा आगामी 29 फरवरीको दिन सिलगढ़ी मित्र सम्मेलनी भवनमा एउटा सभा आयोजना गरिने भएको छ। पत्रकार सम्मेलनमा आज संस्थाका संयोजक पार्थो मित्रोसहित अन्य व्यक्तिहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *