चोरीको आरोपमा दुईजना पक्राउ

फाँसीदेवा: चोरीको आरोपमा फाँसीदेवा पुलिसले दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सिलगढीको फकदईबाडीका गौतम माली (40) र फाँसादेवाको गुआबाडीका नारायण बैरागी (35) सामेल छन्। घटनाक्रम अनुसार फाँसीदेवा ब्लकको जालस निजामतारा अञ्चलको छोटो पथुरामजोत गाउँमा गत शनिवार ललित सिंहको घरमा चोरी भएको थियो। घरबाट सुनका गर-गहना, नगद रूपियाँ सहित सर-सामानहरू चोरी भएपछि घर मालिकले यसबारे फाँसीदेवा पुलिस थानामा लिखित रूपमा जानकारी गराएको थियो। उक्त अभियोगको आधारमा पुलिसले घटनाको छानबिन गर्दै मंगलवार दुईजना आरोपीलाई पक्राउ गरेपछि आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको विस्तृत रूपमा जाँच गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *