टोटो एसोसिएशनले माध्यमिक विद्यार्थीहरूलाई नि:शुल्क परीक्षा केन्द्रमा पुऱ्याउने

सिलगढी : माध्यमिक परीक्षा आगामी 18 फरवरीदेखि शुरू हुने भएको छ। यसलाई मध्यनजर राखेर नर्थ बेङ्गल टोटो ड्राइभर एण्ड वेलफेयर एसोसिएशनले गरीब विद्यार्थीहरूलाई परीक्षा केन्द्रसम्म निःशुल्क रूपमा पुऱ्याउने पहल गरेको छ। एसोसिएशनका अध्यक्ष सागर महन्तले बताए अनुसार सिलगढ़ी, फूलबारीसहित विभिन्न इलाकामा 12 युनिटको तर्फबाट विद्यार्थीहरूलाई घरदेखि परीक्षा केन्द्र अनि परीक्षा केन्द्रदेखि घरसम्म पुऱ्याउने निर्णय लिएको छ। संगठनको तर्फबाट यसको लागि हेल्पलाइन नम्बर (9144267655/ 6295425878) पनि जारी गरेको छ। आवश्यकमन्द विद्यार्थीहरूले उपर्युक्त नम्बरमा सम्पर्क गर्न सक्ने बताइएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *