डेढ सालदेखि हराएको छोरालाई खोज्न फोटो बोकेर घर-घरमा भौतारिरहेका छन् तिनका आमा-बाबा

फूलबारी (निसं): परिवारको एकजना छोरा लगभग डेढ साल अघि निखोज भएपछि माता-पिता आफ्नो छोराको खोजी गर्दै फोटो हातमा लिएर घर-घरमा हिडिरहेका छन्। सुजन राय उत्तर दिनाजपुर जिल्लाको रसोखावा गाउँका निवासी हुन्। तिनी लगभग डेढ साल अघि लापत्ता भएका छन्। तिनका माता-पिता आफ्नो छोराको खोजीमा फोटो बोकेर विभिन्न ठाउँमा घुमिरहेका छन्। हालैमा कसैको माध्यमद्वारा तिनको छोरा फूलबारी इलाकामा देखाको बताइएको छ। यसैले गर्दा आज बिहान हराएको छोराको फोटो बोकेर तिनका आमा-बाबा फूलबारी आइपुगेका थिए। आज बुधबार बिहानैदेखि तिनीहरूले आफ्नो छोरा भेट्टाउने ठूलो आशा लिएर फूलबारीको विभिन्न इलाकामा हराएको छोरा खोजीरहेका छन्। तथापि, हाल समाचार लेखुँञ्जेलसम्म कुनै पत्तो नलागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *