तृणमूल उम्मेदवार गोपाल लामाद्वारा नक्सलबारीमा चुनाउ प्रचार

नक्सलबारी (निसं): दार्जिलिङ लोकसभा सीटबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित तृणमूल काङ्ग्रेसको उम्मेदवार गोपाल लामाले आज बिहानैदेखि चुनाउ प्रचार शुरू गरेका छन्। तिनले आज बिहान नक्सलबारीको कारगिल शहीद परिवारको धार्मिक अनुष्ठानमा अंशग्रहण गर्नको साथै यहाँ चुनाउ प्रचार पनि आरम्भ गरे।


अर्कोतिर, उम्मेदवार गोपाल लामा सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित मन्दिरमा पुगेर पूजा-अर्चना गरेपछि ताराबारी इलाकामा पुगेर एउटा चुनावी पदयात्रामा पनि अंशग्रहण गरे। यस अवधि तिनले इलाकाका मानिसहरूसित भेटेर विविध विषयमा कुराकानी गर्नको साथै पूर्व तृणमूल काङ्ग्रेस नेता अमर सिन्हाको घर पनि पुगे। यस वाहेक, गोपाल लामाले नक्सलबारी लगायत मतिगढा र बाघडुग्रामा पनि पुगेर आज चुनाउ प्रचार गरे। यस अवधि तृणमूल उम्मेदवार गोपाल लामाले भने, आज म समर्थकहरूलाई भेट गर्न आएका हुँ। बूथहरूमा लोकसभा चुनाउको लागि प्रचार जोडतोडले चलिरहेको छ।  मानिसहरूको उत्साह देखेर राम्रो लागीरहेको छ। तिनले चुनाउमा आफ्नो जीतलाई लिएर सय प्रतिशत आशान्वित रहेको पनि बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *