दार्जिलिङ सहरले भन्दैछ अझै कर्म गर, हामी कर्मले नै दार्जीलिङ सहर जित्ने छौं: अनित थापा

दार्जिलिङ: जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमत ल्याएर जीत हासिल गरेपछि आज दार्जिलिङमा निकालिइएको विजय ऱ्याली पछि चौरास्तामा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अनित थापाले भने, हाम्रो यात्रा जारी छ। हाम्रो संघर्ष जारी छ। मलाई लाग्यो दार्जीलिङ सहरको मान्छेको मन मैले अझै जित्नु पर्छ। उनीहरूको मन जित्नु मैले काम गर्नु पर्छ। दार्जीलिङ्ग शहरले अझसम्म पनि अनित थापाको सोच अनि विचारलाई पत्याएको छैन। दार्जीलिङ शहरले भन्दैछ अझै कर्म गर। हामी कर्मले नै दार्जीलिङ सहरलाई जित्ने छौं। स्मरण रहोस, जीटीएको अन्य क्षेत्रमा पार्टीले जीत हासिल गरे तापनि दार्जिलिङ सहर अन्तर्गत पर्ने आसनहरूबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेद्वारहरूले पराजयको हार हेर्न परेको छ। अनितले अझ भने, हाम्रो कार्यकर्ताको सिद्धान्त यो हो कि हाम्रो खुशीले दार्जीलिङ पहाडको मानिसको मन बिझाएको हुनुहुँदैन। हामी पहाडको सम्वृद्धिको निम्ति यहाँ उभिएका छौं। पार्टीको जीत नै लिडरको जीत हो। पार्टीको जीत नै कार्यकर्ताको जीत हो। पार्टीको जीत नै बीजीपीएम नेतृत्वको टीमको जीत हो। हामीले शान्ति ल्यायौ अब समृद्धि ल्याउनु छ। हाम्रो सोच छ अब दार्जिलिङको होटलहरू वर्षभरि भरीभराव होस, दार्जीलिङ बजार राति 12 बजेसम्म खुलोस्। दार्जीलिङमा शान्ति आइसकेको छ। हाम्रो नानीहरूले वर्षभरि नै स्कूल जानु पाएका छन्। अब अनित थापा अनि बीजीपीएम-ले पहाडलाई सुख शान्ति अनि समृद्धि दिनेछ। दार्जीलिङ सहरको घर घरमा पुगेर अब अनित थापाले सेवा पुर्याउनेछ। भोट आउँछ जान्छ। हार जीत हुन्छ। हामीलाई भोटको भन्दा पनि पहाडको माया छ। त्यसैले हामी एकजुट भएर, मिलेर काम गर्नेछौ।


आजको यो जमघट खुशीको नभएर पहाडलाई धन्यवाद दिने जमघट मात्र हो। पाँच वर्ष पछि जब हाम्रो काम देखेर पहाडले हामीलाई धन्यवाद भन्नेछ त्यो दिन हामी साँच्चै खुसी मनाउने छौ। हाम्रो कार्यकर्ताहरूले अनित थापाले चार पल्ट हार्दा पनि तपाईहरुले पर्खेर बस्नु भयो। धन्यवाद दिन्छु। तपाईहरुले अनित थापा माथि राखेको विश्वासलाई म कहिले पनि विश्वासघात गर्ने छैन। पहाडले हामी माथि धेरै विश्वास गरेको छ। अब आशाको निर्माण होइन, भरोसाको निर्माण गर्नु पर्छ । आगामी पाँच वर्षमा हामीले काम गरेर दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक नगरपालिका साथै 45 वटै समष्टि जिताउने सोच अनि विचारको विजारोपणको फल पहाडलाई दिनेछौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *