दिनहाटामा स्कुल नजिकबाट बम उद्धार

कुचबिहार(निसं): कुचबिहारको दिनहाटा ओकराबाड़ीस्थित मुन्सीरहाटको एउटा स्कुल छेउबाट बम भेट्टाइएपछि इलाकामा मानिसहरू आतङ्कित बनेका छन्। सूत्र अनुसार दिनहाटाको मुन्सीरहाट बजार नजिकका मानिसहरूले एउटा बम भेट्टाए। यसपछि पुलिसलाई यसबारे जानकारी गराए। खबर पाएर दिनहाटा पुलिस घटनास्थलमा पुगेर बम अनि बमको डोरी उद्धार गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच सुरू गरेको छ। स्मरण रहोस, बम भेट्टाइएको नजिकैमा स्कुल अनि एउटा स्वास्थ्य केन्द्र रहेको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *