देशी पिस्तोल र जिउँदो कार्तूस सहित दुइजना पक्राउ

खोरीबारी: गोप्य सूचनाको आधारमा खोरीबारी पुलिसले चक्करमारीमा देशी पिस्तोल र जिउँदो कार्तूस सहित दुइ जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मोहम्मद सुल्तान र मोहम्मद सरफराजको रूपमा चिन्हित गरिएको छ। ग्रामीण डीएसपी अचिंत्य गुप्तले बताए अनुसार चक्करमारीमा एउटा वाहन रोकेर छानबिन गर्दा उक्त वाहनबाट देशी पिस्तोल र जिउँदो चारवटा कार्तूस फेला पारेको छ। यसको साथै दुइ जनालाई पक्राउ गरेको छ। खोरीबारी थानामा मामिला दर्ता गरेर पुलिसले अग्रिम कार्वाही गर्दै पक्रा पर्ने दुवै जनालाई आज सिलगढी अदालतमा पेश गरियो।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *