नक्सलबारी, 11 मार्च (निसं): अन्ततः ठोस फोहोर व्यवस्थापन युनिट खोलियो। एक वर्षसम्म बन्द रहेपछि आज दार्जीलिङ जिल्लाशासक प्रीति गोयल र सिलगढी महकुमा परिषद्का सभाधिपति अरुण घोषले नक्सलबारीको हुदुभिटामा ठोस फोहोर व्यवस्थापन युनिटको उद्घाटन गरे।
प्राप्त जानकारी अनुसार, यो युनिटले फोहोरमा पाइने प्लास्टिकबाट सडक बनाउने र फोहोरबाट मल तयार गर्ने काम गर्नेछ। यस युनिटको सञ्चालनले एयरपोर्टलाई ठूलो फाइदा पुर्याउनेछ, किनकि प्रत्येक दिन 2 लरी फोहोर एयरपोर्टबाट बाहिर निकालिइन्छ। यस अवसरमा महकुमा शासक अवध सिंघलसहित अन्य व्यक्तिहरू उपस्थित थिए। यस अवसरमा जिल्लाशासकले भने, बाघडुग्रा एयरपोर्ट अथोरिटीसँग एमओयू-मा हस्ताक्षर गरेपछि यो युनिट सामान्य रूपमा सञ्चालनमा आउनेछ।
