पक्का ड्रेन माथिबाट सर-समानहरू हटाइदिने व्यवसायीहरूलाई मेयरको निर्देश

सिलगढी (निसं): पक्का ड्रेन निर्माण गरेपछि केही व्यवसायीहरूले ड्रेनमा कब्जा गरेर व्यवसायी शुरू गरेका थिए। सिलगढी नगर निगमका मेयर अनि डिप्टी मेयरले मंगलवार इलाकाको परिदर्शन गरेपछि ड्रेनबाट व्यवसायीहरूलाई हटने निर्देश दिएका छन्। प्राप्त जानकारी अनुसार सिलगढी नगर निगमको वार्ड नम्बर-10 को सेभोक रोडमा पीडब्ल्यूडी-ले पक्का ड्रेन निर्माण गरेको छ। उक्त ड्रेन बनाउनको साथै केही व्यवसायीहरूले आफ्नो दोकानका समानहरू राखेर व्यवसाय शुरू गरेका छन्। यस परिदर्शन अवधि आज  मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार लगायत 5 नम्बर बोरो चेयरम्यान प्रतिकाना बिस्वास अनि निगमका कर्मीहरू उपस्थित थिए।  परिदर्शन पछि ड्रेनको स्थितिलाई देखेर सिलगढीका मेयर र डिप्टी मेयरले ड्रेनलाई खाली गर्ने व्यवसायीहरूलाई निर्देश दिए। अर्कोतिर, डिप्टी मेयर रञ्जन सरकारले बताए अनुसार यदि व्यवसायीहरूले आगामी 2 दिनको अवधिमा ड्रेन खाली नगरे निगमद्वारा कार्वाही गरिनेछ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *