पाकिस्तानको लागि जासूसी गर्ने व्याक्ति सिलगढीबाट पक्राउ

सिलगढी (निसं): पाकिस्तानको लागि जासूसी गरिरहेको आरोपमा सिलगढीबाट एसटीएफ-ले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्याक्ति गुड्डू कुमारको रूपमा चिन्हित गरेको छ। तिनी बिहारको चम्पारण निवासी रहेको बताइएको छ। गुड्डूले सिलगढीमा टोटो चलाउनको साथै किरायको घरमा बस्थे। तिनी टोटोमा चढेर सिलगढी सहर अनि यसको छेउ-छाउको विभिन्न इलाकामा गएर विभिन्न विषयमा जानकारी लिने गर्दथे। सूत्र अनुसार लगभग 2 वर्ष अघिदेखि नै तिनले सिलगढी अनि यसको छेउछाउको इलाकाको सैन्य छाउनीबारे जानकारी पाकिस्तानलाई पठाउने गर्दथे अनि यसको बद्लीमा तिनले मोटो रकम लिइने गर्दथे। आज गोप्य सूत्रको आधारमा राज्य पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले एनजेपीको नेताजी मोड़ संलग्न इलाकामा अभियान चलाएर गुड्डू कुमारलाई पक्राउ गरेको छ। आरोपीलाई आज जलपाइगढी अदालतमा पेश गरियो भने अदालतले तिनलाई 14 दिनको लागि पुलिस हिरासतमा पठाइदिएको छ। पुलिसले पक्रा पर्ने व्यक्तिसित अन्यहरू पनि सामेल रहेको हुनसक्ने आशंका गरेको छ। यसैले एसटीएफ-ले तिनलाई हिरासतमा लिएर जाँचलाई अघि बडाउने बताइएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *