पानी परेपछि सिलगढीमा शितलताको अनुभव

सिलगढी: सिलगढी सहर लगायत यसको वरिपरी इलाकामा आज बिहान अचानक परेको पानीले यहाँको मौसम शितल भएपछि मानिसहरूले राहतको श्वास फेरेका छन्। गत केही दिनदेखि सिलगढी सहर अनि यसको छेउछाउको इलाकामा अधिक गर्मीले गर्दा मानिसहरूको स्थिति खराब हुनको साथै गर्मीले विभिन्न समस्या भइरहेको थियो। अधिक गर्मीको कारणले गर्दा गरम सहन गर्न नसकेर सिलगढी सहरको सड़कमा समेत मानिसहरू अनि वाहनहरूको चहल -पहल समेत कम थियो। तर आज बिहान सिलगढी सहर लगायत यसको वरिपरीका इलाकाहरूमा अचानक परेको पानीले तापमानमा केही कमी आएपछि मानिसहरूले राहतका श्वास फेरेका छन्। तथापि पानी रोकिन साथ घाम लाग्न शुरू गरेकोले फेरि गर्मी बढ्न सक्ने आशंका देखिँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *