बंगालमा भाजपालाई फेरि झट्का, रायगन्जका भाजपा विधायक कृष्ण कल्याणीले दिए पार्टीबाट राजीनामा

रायगञ्ज: भाजपालाई बंगालमा एक पछि अर्को फेरि ठूलो झट्का लाग्यो। हाल विधायक लगायत पार्टीका केही शीर्ष नेतृत्वहरू भाजपा छोडेर तृणमूल काङ्ग्रेसमा सामेल भइरहेको देखिन्छ। यसैक्रममा रायगन्जका भाजपा विधायक कृष्ण कल्याणीले पनि आज पार्टीबाट राजीनामा दिए। कृष्ण कल्याणीले यसभन्दा अगावै पार्टीबाट राजीनामा दिने अड्कल काटिएको थियो। भाजपा जिल्ला अध्यक्ष बासुदेव सरकारसित भएको वाद-विवादपछि नै विधायक कृष्ण कल्याणीले पार्टीको कार्यक्रमहरूमा अंश ग्रहण गर्न बन्द गरेका थिए।


आज उत्तर दिनाजपुरको रायगञ्जमा भाजपा विधायक कृष्ण कल्याणीले सांसद देवाश्री चौधरीसित असहमति व्यक्त गरेपछि पार्टीबाट नै राजीनामा दिए। सांसद देवाश्री चौधरीमाथि षडयन्त्र रचेको पनि विधायक कृष्ण कल्याणीले आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *