बस दुर्घटनामा 4 जना माध्यमिक परीक्षार्थी घाइते

बानरहाट:  डुवर्सको टोटोपाड़ा चिया कमान नजिक एउटा बस अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार चारजना माध्यमिक परीक्षार्थीहरू घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज बानरहाट गर्ल्स हाईस्कूल माध्यमिक परीक्षा केन्द्रमा परीक्षा दिनको लागि विद्यार्थीहरू बसमा सवार भएर गइरहेका थिए। यसै अवधि टोटोपाड़ा चिया कमान नजिकमा पुगेपछि अचानक उक्त बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवार चारजना माध्यमिक परीक्षार्थीहरू घाइते भए। यसपछि घाइतेहरूलाई उपचारको लागि तत्कालै बानरहाट अस्पतालमा लगिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *