बिमलखेमाको भोलि सिलगढीमा आयोजना हुने जनसभाको तयारी युद्ध स्तरमा

सिलगढी : लगभग साढे तीन वर्षको विस्थापित जीवन बिताएपछि गोजमुमोका संस्थापक अध्यक्ष बिमल गुरूङ भोलि कोलकाताबाट सिलगढी आउने भएका छन्। तिनलाई स्वागत जनाउनको लागि भोलि सिलगढीको इन्दिरा गाँधी मैदानमा गोजमुमो बिमल खेमाले एउटा विराट जनसभाको आयोजना गर्ने भएको छ। उक्त जनसभा स्थलको तयारी युद्ध स्तरमा चलिरहेको छ भने आज गोजमुमो महासचिव रोशन गिरीले उक्त जनसभा स्थलको निरीक्षण गरे। प्राप्त जानकारी अनुसार उक्त जनसभामा 3 लाखभन्दा अधिक समर्थक सामेल हुने पार्टी सूत्रमार्फत् थाहा लागेको छ। गोर्खा जनमुक्ति मोर्चाका उपाध्यक्ष विशाल छेत्रीको नेतृत्वमा हाल उक्त जनसभास्थलको निर्माण कार्य चलिरहेको छ। विशाल छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै जनसभा स्थलको तयारी लगभग पुरा भइसकेको बताए। गोजमुमो अध्यक्ष बिमल गुरूङलाई भेट्नको लागि पार्टीका समर्थकहरू लगायत साधारण मानिसहरू निक्कै उत्सुक रहेको बताउँदै लगभग साढ़े तीन वर्षको प्रतीक्षा भोलि पुरा हुने तिनले जनाए।  जनसभा अवधि कुनै प्रकारको झै-झमेला नहोस् भन्ने उद्देश्य लिएर कठोर सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइसकेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *