बेङ्गाल ट्राभल मार्ट 22 फरवरीदेखि शुरू

सिलगढ़ी: इस्टर्न हिमालयन ट्राभल एण्ड टूर अपरेटर्स एसोसिएशनको तर्फबाट आगामी 22 देखि 24 फरवरीसम्म तीन दिनव्यापी बेङ्गाल ट्राभल मार्ट आयोजित गरिने भएको छ। सिलगढ़ीको एउटा निजी होटलमा तीन दिवसीय उक्त बेङ्गाल ट्राभल मार्ट आयोजित गरिने भएको छ। आज एउटा पत्रकार सम्मेलन गरेर संस्थाका अध्यक्ष देवाशिष मैत्रले दिएको जानकारी अनुसार उक्त तीन दिवसीय कार्यक्रममा देशका विभिन्न ठाउँहरूबाट 80 जना ट्राभल एजेन्ट उपस्थित रहने छन्। सिलगढ़ीमा बढ़दो पर्यटकहरूको संख्यालाई हेरेर सफारी पार्क, गाजोलडोबा, इस्कन मन्दिर, साइन्स सिटीलाई मिलाएर एउटा सिलगढ़ी प्याकेज तयार गर्ने योजना रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *