बोर्ड मीटिङमा माकपा पार्षदले सड़कको काम बन्द गरेको अभियोग, मेयरले गरे इलाकाको परिभ्रमण

सिलगढी (निसं): सिलगढीको वार्ड नम्बर 29 मा एपीसी सरणी सड़कको काम शुरू भएपछि अचानक बन्द भएको छ। यसपछि वार्डको  माकपा पार्षद शरदिन्दु चक्रवर्तीले सिलगढी नगर निगमको बोर्ड मीटिङमा यसबारे अभियोग लगाएकोले आज बुधवार मेयर गौतम देवले उक्त वार्डको परिभ्रमण गरे। प्राप्त जानकारी अनुसार सिलगढी नगर निगम बोर्डको मीटिङमा वार्ड नम्बर- 29 को माकपा पार्षद शरदेन्दु चक्रवर्तीले अभियोग लगाएपछि नै तिनको वार्डको एपीसी सरणीमा सड़कका काम शुरू भएको थियो तर काम पूरा हुनभन्दा अगावै अचनाक काम बन्द गरिदिएको छ। अभियोगको आधारमा मेयर गौतम देवले वार्ड नम्बर- 29 को माकपा पार्षद शरदेन्दु चक्रवर्ती अनि बोरो नम्बर- 4 का चेयरम्यान जयन्त साहा सहित मेयर गौतम देवले एपीसी सरणी इलाकाको परिभ्रमण गरे। यस अवधि मेयरले सड़कका काम किन रोक्यो भन्ने बारे जाँच गरे।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *