भारत-बङ्ग्लादेश सीमाबाट 12 वटा गाई-गोरूसहित 2 जना पक्राउ

 फाँसीदेवा (निसं):  भारत-बङ्ग्लादेश सीमा क्षेत्रबाट फेरि एकपल्ट पशु तस्करलाई पक्राउ गरेको छ। फाँसीदेवा पुलिसले तस्करी गर्नभन्दा अगावै 12 वटा गाई-गोरूसहित 2 जना तस्करलाई पक्राउ गरेको छ।  पक्रा पर्ने तस्करहरूमा मोहम्मद सादिरुद्दीन र मोहम्मद नसीरुद्दीन सामेल छन्। दुवै करनदिघी निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार फाँसीदेवा पुलिसले भारत-बङ्ग्लादेश सीमाको चटहाट क्षेत्रबाट गोप्य सूचनाको आधारमा अभियान चलाएर एउटा मालवाहक वाहनलाई जफत गरेर छानबिन गर्दा वाहनबाट 12 वटा गाई-गोरू उद्धार गरेको छ। यसको साथै 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका तस्करहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले  सम्पूर्ण घटनाको जाँच शुरू गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *