मन्त्री गौतम देवले गरे स्कूलका प्रबन्धनहरूसित बैठक

सिलगढ़ी: राज्यका पर्यटन मन्त्री गौतम देवले सिलगढ़ी बोइज हाई स्कूल अनि सिलगढ़ी गर्ल्स हाई स्कूलको हिजो परिभ्रमण गरे। यस अवधि तिनले दुवै स्कूलका प्रबन्धनहरूसित बैठक पनि गरे। बैठक अवधि दुवैवटा स्कूलका विभिन्न सुविधा अनि असुविधाहरूबारे सुनेपछि ती सबै समस्याहरूको समाधान गरिदिने मन्त्री देवले आश्वासन दिए। यसैगरी, सिलगढ़डी गर्ल्स हाई स्कूलका शिक्षकहरूले  मन्त्रीलाई स्कूल भवन, स्कूल मैदान, शौचालय व्यवस्थासहित अन्य समस्याहरूबारे अवगत गराए। यसपछि पर्यटन मन्त्रीले ती सबै समस्याहरूको समाधान चाँड़ै गरिदिने वचन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *