महाशिवरात्रिको तयारी जोड़तोड़ले गलगलिया क्षेत्रमा

खोरीबारी: नक्सलबारी सीमावर्ती क्षेत्र गलगलियामा स्थापित शिवालयमा महा शिवरात्रिलाई लिएर हाल यसको जोड़तोड़ले तयारी चलिरहेको छ। शिवालयमा विभिन्न रंग-पचेरा गर्नको साथै रंगी-विरंगी ढङ्गमा आकर्षक रूपमा सजाइने कार्य युद्धस्तरमा चलिरहेको बताइएको छ। गलगलियास्थित शिवालयमा विगत धेरै वर्ष अघिदेखि नै महाशिव रात्रिको अवसरमा विविध कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। मन्दिर कमिटीले दिएको जानकारी अनुसार महाशिव रात्रिको अवसरमा रंगा-रंग शोभायात्रा पनि निकालिइने छ। उक्त शोभायात्रामा धेरै संख्यामा शिवभक्तहरू सामेल हुने छन्। यसैगरी, खोरीबारीको डांगुजोत अनि सरनामति बृज नजिक शिव मन्दिरहरूमा पनि शिव रात्रीको तयारी जोड़तोड़ले चलिरहेको बताइको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *