माध्यमिक परीक्षा अवधि माइक बजाउन प्रतिबन्ध

जलपाइगढ़ी: राज्य प्रशासनले माध्यमिक परीक्षालाई ध्यानमा राखेर अधिक चर्को स्वरमा माइक बजाउन निषेध गरेको भए तापनि प्रशासनको आदेशलाई पर्वाह नगरी बुधवार जलपाइगढ़ीको बेगुनटारी मोड़ इलाकामा ठूलो स्वरमा माइक बजाएको मानिसहरूको भनाई रहेको छ। यस विषयलाई लिएर पुलिस थानामा अभियोग प्राप्त भएपछि पुलिसले त्वरित कार्वाही गर्दै माइकहरू जफत गरेको बताइएको छ। यस सम्बन्धमा जलपाईगढ़ी कोतवाली थानाका आईसी विश्वाश्रय सरकारले बताए अनुसार हाल माध्यमिक परीक्षा चलरहेको भए तापनि ठूलो स्वरमा कतिपय मानिसहरूले माइक तथा बक्स बजाइरहेका छन्। तर कानून अनुसार तिनीहरू विरूद्ध कार्वाही गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *