मिरिक छोटाटिङलिङका पत्रकार अरूण खवासको घर पैह्रोको सम्मुखीन

मिरिक: मिरिक महकुमाको छोटाटिङलिङ निवासी पत्रकार अरूण खवासको घर मुनि आज रातीको पानीको कारण पैह्रो गएकोले घर धरापमा रहेको छ भने कुनै पनि समय ठुलो पानी परे पैह्रोले घरलाई नै तान्ने सम्भावनाले खवासको परिवारलाई चिन्तित बनाएको छ। स्मरण रहोस सन 2003 को 8 जुलाईको दिन गएको पैह्रोले छोटाटिालिङको 6 वटा घर बगाएको थियो भने जसमा अरूण खवासको घर पनि सामेल थियो । यसपछि तिनीहरूलाई कटरे फरेस्ट छेउ अहिलेको स्थानमा पुनर्वास गराईको थियो तर त्यहाँ पनि पुनः पैह्रो गएकोले अझ समस्या भएर गएको छ। पत्रकार खवासले यस बिषयमा जानकारी गराउँदै सम्बन्धित निकाय समक्ष शीघ्रै पहलको अपेक्षा साँचेका छन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *