मेलाको आडमा जुवा खेलाएको आरोपमा 3 जना पक्राउ

सिलगढीसिलगढीको प्रधान नगर थाना अन्तर्गत 2 नम्बर वार्डको मेलामा प्रधान नगर थाना पुलिसले गत राति अभियान चलाएर जुवा खेलाएको आरोपमा तीन जना व्याक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा दिलीप साह (52), संजीव साह (42), मोनी कुमार राई (62) सामेल छन्। उल्लेखनीय रहोस, हाल सिलगढी मेट्रोपलिटन अन्तर्गत केही ठाउँमा मेलाको आयोजना भइरहेको छ। तर तीमध्ये कतिपय ठाउँमा मेलाको आड़मा जुवा-तास खेलाइरहेको छ। मेला कमिटीको सहयोगमा नै अलग कोठा बनाएर जुवा खेलाइरहेको थाहा छ भन्ने कुरा थाहा पाएपछि यसबारे प्रधान नगर थानाका आईसी-को नेतृत्वमा गत राति मेलामा अभियान चलाएर तीन जनालाई गैरकानूनी रूपमा जुवाको अड्डा चलाएको आरोपमा पक्राउ गरेपछि आज तिनीहरूलाई पुलिसले सिलगढी अदालतमा पेश गऱ्यो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *